Khabar Samachar

लुम्बिनी प्रदेशका पूर्व कृषिमन्त्री विजयबहादुर यादव पक्राउ

205
VIEWS

काठमाडौँ । लुम्बिनी प्रदेशका पूर्व भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विजयबहादुर यादवलाई प्रहरीले पक्राउ गरेको छ । बैंकिङ कसुर गरेको आरोपमा यादवलाई नियन्त्रणमा लिइएको जानकारी जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख भरतबहादुर विकले दिए ।

गत माघ १० मा रुपन्देहीको सियारी गाउँपालिका–१ का उमाशंकर यादवका नाममा दिएको १२ लाख २८ हजार रुपैयाँको बैंक अफ काठमाडौँको चेक बाउन्स भएपछि एमाले नेतासमेत रहेका यादवमाथि मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ ।

मुद्दा दर्तापछि यादवविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । एसपी विकका अनुसार बाँकेको डुडुवा गाउँपालिका होलियाबाट पक्राउ परेका यादवलाई रुपन्देही ल्याइँदै छ।

२०७४ सालमा लुम्बिनी प्रदेशसभामा बाँकेको प्रदेशसभा निर्वाचन क्षेत्र २ ‘१’ बाट जसपाबाट निर्वाचित यादव लुम्बिनी प्रदेश सरकारका पूर्व भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री थिए । पार्टीको निर्देशनविपरीत सरकारमा सहभागी भएको भन्दै जसपाले उनलाई कारबाही समेत गरेको थियो ।

जसपाको कारबाहीपछि यादव नेकपा एमालेमा प्रवेश गरेका थिए । गत प्रदेशसभा चुनावमा उनी आफ्नै क्षेत्रमा जसपाका भण्डारीलाल यादवसँग पराजित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित