Khabar Samachar

२९ घन्टापछि पक्राउ परे न्युयोर्कको सबवे स्टेशनका आक्रमणकारी

213
VIEWS

अमेरिकाको न्युयोर्कस्थित ब्रुकलिनको एक सबवे स्टेशनमा आक्रमण गरी भागेका व्यक्ति २९ घन्टापछि पक्राउ परेका छन्।

द न्युयोर्क टाइम्सका अनुसार प्रहरीको व्यापक खोजीपछि आक्रमणका एकमात्र आरोपी ६२ वर्षीय फ्रान्क आर जेम्स पक्राउ परेका हुन्। उनी आक्रमण भएको स्थानबाट पाँच माइल टाढा रहेको सूचना सुरक्षाकर्मीले पाएका थिए। उनका बारे सूचना दिनेलाई विभिन्न निकायले ५० हजार डलर इनाम दिने घोषणा गरेका थिए।

जेम्सलाई पक्राउ गरेपछि न्युयोर्कका मेयरले भने- न्युयोर्कवासीहरू हो, हामीले उसलाई पक्रियौं।

स्थानीय समयअनुसार मंगलबार बिहान साढे ८ बजेतिर सबवे स्टेशनमा मानिसहरूको भीडमा आक्रमणकारीले ग्रिनेड हानेका थिए भने अन्धाधुन्ध गोली पनि चलाएका थिए।

आक्रमणमा कम्तीमा दुई दर्जन मानिस घाइते भएका छन् भने तीमध्ये पाँच जनाको अवस्था गम्भीर छ।

जेम्सविरूद्ध आतंकवादी हमला गरेको आरोप लगाउँदै अदालतमा मुद्दा दर्ता गरिएको छ। उक्त मुद्दामा उनी दोषी ठहर भए आजीवन काराबासको सजाय हुन सक्छ। उनलाई बिहीबार अदालतमा उपस्थित गराइने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित