Khabar Samachar

Search
Close this search box.

विष्फोटको कारण ध्वस्त भएको रुसी युद्धपोत समुद्रमा डुब्यो

210
VIEWS

बुधबार विष्फोटको कारण ध्वस्त भएको रुसी युद्धपोत काला सागरमा डुबेको छ।

रुसी रक्षा मन्त्रालयले मोस्क्भा नामक उक्त युद्धपोत डुबेको पुष्टि गरेको हो। यो युद्धपोतलाई रुसको सैन्य शक्तिको प्रतीकको रुपमा लिइन्थ्यो।

युक्रेनले आफ्नो मिसाइलले उक्त युद्धपोत ध्वस्त भएको दाबी गरेको छ। रुसले भने युद्धपोतमा कुनै किसिमको आक्रमण भएको उल्लेख गरेको छैन।

उसले यो युद्धपोतमा आगलागी भएको र विष्फोट भएको बताएको छ। उसले विष्फोटपछि युद्धपोतका चालकदलका सदस्यलाई उद्धार गरिएको बताएको छ।

ध्वस्त भए पनि उक्त युद्धपोत समुद्रमा तैरिरहेको रुसको दाबी थियो।

तर, बिहीबार अबेरबाट भने उक्त युद्धपोत हराएको रुसी रक्षा मन्त्रालयले बताएको छ।

५१० जना मानिसहरु रहन सक्ने यो युद्धपोत १८६.४ मिटर लामो थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित