Khabar Samachar

Search
Close this search box.

विद्यालयहरूमा शिक्षक दरबन्दी मिलान गर्दै काठमाडौं महानगर

204
VIEWS

काठमाडौं महानगरपालिकाले सबै सामुदायिक विद्यालयका शिक्षकहरूको दरबन्दी मिलानको काम अघि बढाउने भएको छ।

काठमाडौं महानगर शिक्षा विभागले कुनै विद्यालयमा विद्यार्थी संख्या बढी, शिक्षक कम, कुनैमा शिक्षक बढी, विद्यार्थी कम रहेकाले विद्यार्थी संख्या र आवश्यकताका आधारमा दरबन्दी मिलान गर्न लागिएको जनाएको छ।

विभागका प्रमुख सीताराम कोइरालाले दरबन्दी मिलानका लागि आवश्यक प्रक्रिया अघि बढाइसकेको जानकारी दिए।

‘अहिले विद्यार्थी संख्या धेरै भएको विद्यालयले थप दरबन्दी माग गरेका छन्। त्यस्ता विद्यालयलाई दरबन्दी मिलान गर्दा दिने प्रयास गरिने छ,’ उनले भने।

वास्तवमै शिक्षक आवश्यक हो भने मिलानका क्रममा दरबन्दी दिन नसके पनि त्यो बराबरको अनुदान रकम दिएर भए पनि आवश्यकता पूरा गर्ने उनले जानकारी दिए। हाल महानगरमा प्रचलित शिक्षा ऐन, २०२८ ले गरेको व्यवस्था र कामपाको शिक्षा ऐन, २०७५ तथा विद्यालय व्यवस्थापन नियमावली, २०७४ ले गरेका प्रावधानअनुरूप विद्यालय सञ्चालनमा छन्।

अहिले काठमाडौं महानगरमा ८९ सामुदायिक विद्यालय सञ्चालनमा छन्। तीमध्ये ५९ माध्यमिक विद्यालय छन् भने अन्य आधारभूत तहका विद्यालय हुन्। त्यस्तै पाँच सय चार निजी विद्यालय सञ्चालनमा रहेको बताइएको छ।

महानगरले सञ्चालनमा रहेका सबै सामुदायिक विद्यालयको स्तरोन्नति गर्न लागेको पनि जनाएको छ। पछिल्लो समय निजी छोडेर सामुदायिकमा आउने विद्यार्थी बढी रहेको पनि महानगरले जानकारी दिएको छ।

कम विद्यार्थी संख्या भएको विद्यालयमा कसरी बढाउने, भौतिक संरचना आकर्षण र राम्रो बनाउने, आवश्यकताअनुसार शिक्षक दिने र थप गुणस्तर बढाउने काम गर्नु तत्काल महानगरको लक्ष्य रहेको प्रमुख कोइरालाले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित