Khabar Samachar

रुस युक्रेन युद्धको ५० औँ दिन पूरा, राष्ट्रपति जेलेन्स्कीको सम्बोधन

207
VIEWS

काठमाडौँ — युक्रेनका राष्ट्रपति वोलोदिमिर जेलेन्स्कीले रुससँग युद्धको ५० औँ दिन पूरा हुँदा देशलाई सम्बोधन गर्दै युक्रेनलाई बचाउनेहरु सबैलाई सम्मान दिएका छन् । जेलेन्स्कीले भने, ‘बहादुर देशका अडिग जनता । हामी ५० दिनदेखि डटिरहेका छौँ जबकी कब्जा गर्नेहरुले हामीलाई पाँच दिनको समय दिएका थिए ।’ उनले थुप्रै पश्चिमी नेतासँग कुराकानी र बैठकलाई स्मरण गर्दै भने, ‘यी ५० दिनमा मैले दुनियाँका थुप्रै नेतालाई भिन्न भिन्न तरिकाले हेरेँ ।

उनले थपे, ‘राजनेताले आफूसँग कुनै शक्ति नै नभए जस्तो गरी व्यवहार गरिरहेको मैले देखेँ । मैले गैर राजनीतिक व्यक्ति देखेँ जसले ५० दिनमा तिनीहरुले भन्दा बढी गरे जसले नेतृत्वको दाबी गर्छन् ।’ उनले थपे, ‘रक्षा गर्ने ५० दिन हाम्रो लागि उपलब्धिमूलक छ । यो युक्रेनका लाखौँ जनताको उपलब्धि हो । यो ती सबैको उपलब्धि हो जसले २४ फेब्रुअरीमा आफ्नो जीवनको महत्वपूर्ण निर्णय लिए । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित