Khabar Samachar

Search
Close this search box.

२० हजार रुसी सेनाको मृत्यु भएको युक्रेनी राष्ट्रपतिको दाबी

201
VIEWS

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्धमा रुसी सेनाको ठूलो क्षती भएको बताएका छन् ।

जेलेन्स्कीले सीएनएनलाई दिएको जानकारीलाई मान्ने हो भने युद्धमा १९ हजारदेखि २० हजार रुसी सेनाको मृत्यु भएको छ । तर, मस्कोले भने १३५१ जना रुसी सेनाको मृत्यु भएको तथ्यांक राखेको छ ।

यस्तै युद्धमा २५०० देखि तीन हजार युक्रेनी सेनाको मृत्यु भएको राष्ट्रपति जेलेन्स्कीले बताएका छन् ।

उनले सीएनएनलाई दिएको जानकारी अनुसार १० हजार सेना घाइते भएका छन् । उनले सिएनएनसँग भनेका छन्, ‘करिब १०,००० घाइते भएका छन् र जीवित रहन्छन् भन्न गाह्रो छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित