Khabar Samachar

काठमाडौं उपत्यकाका हब अस्पतालहरूलाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

209
VIEWS

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकाका हब अस्पतालहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ।

स्वास्थ्य विषयगत क्षेत्रका साझेदार निकायहरूसँग भूकम्प प्रतिकार्य सम्बन्धमा बसेको आकस्मिक बैठकमा मन्त्री मोहनबहादुर बस्नेतले उक्त निर्देशन दिएका हुन्।

यसका साथै, सबै सरकारी/गैरसरकारी निजी स्वास्थ्य संस्थाहरूलाई भूकम्पका घाइतेहरूको उपचार व्यवस्थापन नि: शुल्क रूपमा गर्न उनले आग्रह गरेका छन्।

भूकम्पमा परी घाइतेहरूको रूकुम पश्चिम अस्पताल, जाजरकोट अस्पताल, चौरजहारी अस्पताल, भेरी अस्पतालमा रिफर गरिएको छ।

शुक्रबार राति जाजरकोटको रामिडाँडालाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा १५७ जनाको मृत्यु भएको छ।

सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार शनिबार अपराह्नसम्म मृत्यु हुनेको संख्या १५७ पुगेको हो।उनका अनुसार जाजरकोटमा १०५ जना र रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ।

भूकम्पमा परी जाजरकोटमा १०५ जना, रूकुम पश्चिममा ८५ जना, दैलेखमा ३ जना, बैतडीमा ३ जना, जुम्लामा ५ जना, रोल्पामा १ गरी कुल २०२ जना घाइते भएका डिएसी थापाले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित