Khabar Samachar

स्वास्थ्यमन्त्री बस्नेतलाई बर्खास्त गर्न डा गोविन्द केसीको माग

209
VIEWS

चिकित्सा शिक्षा सुधारका अभियन्ता डा गोविन्द केसीले स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई बर्खास्त गर्न माग गरेका छन्। बस्नेतले स्वास्थ्य मन्त्रीका रुपमा जिम्मेवारी सम्हालेदेखि नै मेडिकल माफियाका पक्षमा लबिङ गरिरहेको भन्दै डा केसीले उनलाई बर्खास्त गर्न माग गरेका हुन्।

मन्त्री बस्नेतले आफूमाथि लाञ्छना लगाएको विषयमा ध्यानाकर्षण भएको भन्दै डा केसीले विज्ञप्ति जारी गर्ने क्रममा मन्त्री बस्नेतलाई बर्खास्त गर्न माग गरेका हुन्।

उनले भनेका छन्, ‘हालै प्रचण्ड सरकारका स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले ममाथि लगाएको घोर आपत्तिजनक अभिव्यक्तिप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। ममाथि लगाएको आरोप कपोलकल्पित र सम्पूर्ण झुठा हुन भन्न चाहन्छु।’

स्वास्थ्य मन्त्री बस्नेतसँग स्वास्थ्यसँग सम्बन्धित ज्ञान र अनुभव दै नभएको बताउँदै डा केसीले जान्ने प्रयास समेत नगरेको बताएका छन्।

‘ठूला मुखे गैरजिम्मेवार, भ्रष्ट र गँवार व्यक्तिलाई स्वास्थ्यमन्त्री बनाएर प्रचण्ड र देउवाले स्वास्थ्य मन्त्रालय जस्तो सम्वेदनशील संस्थाको थप भ्रष्टीकरण गरी जनताको स्वास्थ्यमा खेलबाड गर्दैछन्। यो राजनीतिक तथा सामाजिक अपराध हो,’ उनको आरोप छ।उनले सरकारलाई लाञ्छना लगाउनुभन्दा छानबिन आयोग गठन गर्न चुनौती दिँदै आफू जुनसुकै सजाय भोग्न तयार रहेको बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित