Khabar Samachar

Search
Close this search box.

हप्ता दिनमै दोब्बर बढे भारतमा कोरोनाका बिरामी

222
VIEWS

भारतमा ९ दिनमै कोभिड–१९ बिरामी दोब्बरले बढेका छन्।

टाइम्स अफ् इन्डियाका अनुसार मंगलबार कोभिड–१९बाट संक्रमितको हुनेको संख्या १ हजार ९७० पुगेको छ। जबकी ९ दिन अघिसम्म जम्मा ९ सय ३८ जना मात्र संक्रमित थिए।

सात महिनाको अन्तरालपछि भारतमा यसरी कोभिड–१९ का बिमारी एक्कासी बढ्न थालेका हुन्। अहिले भारतमा संक्रमण बढ्नुको कारण कोभिड–१९ का नयाँ–नयाँ भेरिन्टको उत्पत्तिले गर्दा हो।

भारतको केरलामा भर्खरै नयाँ भेरियन्ट भेटिएको थियो। अनुसन्धानकर्ताहरूले यसको नाम ‘पिरोला’ राखेका छन्। केरलामा भेटिएको यो भेरियन्ट अहिले महाराष्ट्र र गोआमा पनि भेटिएको छ।कतिपय अनुसन्धानकर्ताहरूले चिसो बढेका कारणले पनि कोभिड–१९को संक्रमण बढेको बताएका छन्। भारतमा मात्र हैन अमेरिका र युरोमा पनि ठन्डी यामसँगै कोरोना संक्रमण बढेको छ।

अर्कोतिर मानिसहरूले लगाएका भ्याक्सिनको प्रभावकारिता कम भएको र मानिसहरूमा सतर्कता कम भएका कारण पनि कोभिड-१९ को संक्रमण केही बढ्न थालेको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित