Skip to main content

Khabar Samachar

Search
Close this search box.

कर्णालीमा गठबन्धनका उम्मेदवारले दर्ता गराए एकसाथ उम्मेदवारी

202
VIEWS

राष्ट्रिय सभाको चुनावका लागि कर्णालीमा सत्तारुढ गठबन्धनका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका छन् । प्रदेश निर्वाचनको कार्यालयमा पुगेर उनीहरुले एक साथ उम्मेदवारी दर्ता गराएका हुन् ।

तीनवटा सिटमा हुने निर्वाचन अन्तर्गत कर्णालीमा नेपाली कांग्रेस, नेकपा माओवादी र नेकपा एकीकृत समाजवादीको भागमा एक/एक सिट परेको छ । जस अन्तर्गत महिला कोटातर्फ एकीकृत समाजवादीकी सावित्री मल्ल (दैलेख), दलित कोटामा माओवादीका विष्णु विक ‘विकल्प’ (कालिकोट) र अन्यतर्फ कांग्रेसका कृष्ण रोकाया उम्मेदवार रहेका छन् ।

उम्मेदवारी दर्ता कार्यक्रमका सम्बन्तीत पार्टीका प्रदेश अध्यक्ष लगायतका नेता, कार्यकर्ताहरु पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित