Khabar Samachar

Search
Close this search box.

आगामी आर्थिक वर्षको बजेट १८ खर्बभित्र आउने

217
VIEWS

आगामी आर्थिक वर्ष २०८१/८२ का लागि १८ खर्बको बजेट सिलिङ तोकिएको छ । यो जानकारी अर्थमन्त्री डा. प्रकाशशरण महतले दिएका हुन् ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्षको नेतृत्वमा रहने स्रोत समितिले १८ खर्ब बराबरको सिलिङ तोकेको शुक्रबार मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री महतले जानकारी दिए ।सिलिङ तोक्ने क्रममा सरोकारवाला निकायबिच निरन्तर छलफल हुने गरेको भएपनि कुनै विवाद भने नभएको उनले जानकारी दिए ।

यसअघि डा. महतले अर्धवार्षिक समीक्षामार्फत चालू बजेट १२.६२ प्रतिशतले बजेटको आकार घटाएर १५ खर्ब ३० अर्बमा झारेका थिए ।

चालू आर्थिक वर्षमा १७ खर्ब ५१ अर्ब ३१ करोड रूपैयाँको बजेटलाई घटाएर १५ खर्ब ३० अर्ब २६ करोडमा सीमित गरिएको छ । लक्ष्यअनुरुप आम्दानी हुने अवस्था नदेखिएकाले बजेटको आकार घटाइएको अर्थमन्त्रीले बताएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित