बचतकर्ताको सवा एक अर्ब रूपैयाँ हाराहारी रकम हिनामिना गरेको बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ओमप्रकाश गुरूङ र भैरहवा शाखाका व्यवस्थापक दुर्गा चापागाईं पाण्डेयलाई प्रहरीले पक्राउ गरेको हो।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले लुम्बिनी प्रदेशको सहकारी रजिस्ट्रार कार्यालयको प्रतिवेदन र बचतकर्ताको उजुरीपछि अध्यक्ष गुरूङ र व्यवस्थापक पाण्डेयलाई पक्राउ गरेको जानकारी दिए।
‘अध्यक्ष गुरूङलाई बिहीबार र पाण्डेयलाई शुक्रबार पक्राउ गरी अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ,’ प्रहरी नायब उपरीक्षक पण्डितले भने।
Discussion about this post