Khabar Samachar

आगामी बजेटमा नव प्रवद्र्धन कोष स्थापना गर्ने – प्रधानमन्त्री पुष्पकमल दाहाल

201
VIEWS

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा नव प्रवद्र्धन कोष स्थापना गर्ने घोषणा गरेका छन् । बिहीबार काठमाडौँमा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा बिहीबार काठमाडौंमा भएको कार्यक्रममा बोल्दै उनले कोषका निम्ति आवश्यक कानून तर्जुमा गर्ने गृहकार्य अघि बढिसकेको बताए।

कोषबाट हुने कामले यस क्षेत्रमा गुणात्मक फड्को मार्ने उनको भनाइ छ।

नेपालको इतिहासमा पहिलो पटक नवप्रवर्तनका निम्ति भनेर पुँजीगत बजेटको १ प्रतिशत छुट्याउन लागेको उनले बताए।

‘नेपाल सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा नवप्रवर्तन कोष स्थापना गर्ने र सोका निम्ति आवश्यक कानून तर्जुमा गर्ने गृहकार्य अगाडि बढाइसकेको छ,’ उनले भने, ‘यो कोष र यसबाट हुने कामले यस क्षेत्रमा गुणात्मक फड्को मार्नेछ। नेपालको इतिहासमा पहिलो पटक नवप्रवर्तनको निम्ति भनेर हाम्रो पुँजीगत बजेटको एक प्रतिशत छुट्याइनेछ।’

युवाहरुलाई देशभित्र आशा जगाउन र अर्थतन्त्रमा गुणात्मक सुधार गर्न पनि कोषले भूमिका खेल्ने प्रधानमन्त्री दाहालको भनाइ छ।

सञ्चार तथा सूचना प्रविधिको विकास, विस्तार र प्रयोगबाट नै आर्थिक, सामाजिक रुपान्तरण गर्न सकिन्छ भन्ने सरकारको दृढ विश्वास रहेको उनले बताए।

दिनानुदिन बढ्दै गइरहेको साइबर अपराधसम्बन्धी घटना, संवेदनशील प्रणालीमाथिको अनाधिकृत पहुँच, व्यक्तिगत एवं संस्थागत डाटा दुरुपयोगको विषयलाई नियमन तथा व्यवस्थापन गर्न तथा साइबर सुरक्षाको बढ्दो चुनौतिलाई मध्यनजर गर्दै नीति, कानून र संरचना निर्माण कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेको प्रधानमन्त्री दाहालले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित