Skip to main content

Khabar Samachar

Search
Close this search box.

कोशीको मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्की नियुक्त

203
VIEWS

नेकपा एमाले नेता हिक्मतकुमार कार्की तेस्रो पटक कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । आफैंले नेतृत्वमा पुर्‍याएका केदार कार्कीलाई विस्थापित गर्दै हिक्मत तेस्रो पटक मुख्यमन्त्री नियुक्त भएका हुन् ।

२४ पुस २०७९ माओवादी केन्द्र, राप्रपा र जसपाको समर्थनमा हिक्मत पहिलो पटक मुख्यमन्त्री बनेका थिए । तर केन्द्रमा नेपाली कांग्रेससँग समीकरण बनेपछि माओवादी केन्द्रले सरकार छाडेपछि १५ असार २०८० मा उनी सत्ताबाहिर पुगे ।

आफूले मुख्यमन्त्री पदमा दाबी पेस गरेका कार्कीलाई मुख्यमन्त्री पदमा नियुक्त गरेको प्रदेश प्रमुख खापुङ्गले जानकारी दिए।

‘उहाँलाई मुख्यमन्त्री नियुक्त गरेको छु, १५ मिनेटपछि नियुक्ति पत्र लिन आउनुहोला,’ उनले भने, ‘शपथ पनि आजै हुन्छ।’

कार्कीले एमाले र माओवादीका गरी ५२ सांसदको हस्ताक्षरसहित बिहीबार बिहान मुख्यमन्त्री पदमा दाबी पेस गरेका थिए। कार्कीलाई मुख्यमन्त्री दाबी पेस गर्दा हस्ताक्षर गरेका ५२ सांसदलाई प्रदेश प्रमुख खापुङ्गले कार्यालय बोलाएर सनाखत गराएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित