Skip to main content

Khabar Samachar

Search
Close this search box.

जीबी राईको राहदानी रद्द गर्न प्रहरीले गर्‍यो पत्राचार

221
VIEWS

सहकारी गठी प्रकरणमा फरार रहेका जीबी राईको पासपोर्ट रोक्का गर्न प्रहरीले राहदानी विभागमा पत्राचार गरेको छ ।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार जीबीको राहदानी रद्द गर्न जिल्ला प्रहरी कार्यालय कास्कीको पत्र राहदानी विभागलाई पठाइसकिएको छ।

यसअघि मलेसियामा रहेका जीबी संयुक्त अरब इमिरेट्स (युएई) पुगेको सूचना प्राप्त भएपछि राहदानी नै रद्द गर्न लागिएको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ। त्यसअघि उनी सिंगापुर पनि गएका थिए। मलेसियाबाट सिंगापुर जान भने भिसा आवश्यक पर्दैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित