गोदावरी नगरपालिकाको आयोजनामा सञ्चालित उपत्यकाब्यापी अन्तरपालिका मेयर कप खुला फुटबल प्रतियोगिताको उपाधि काठमाडौं महानगरपालिकाले जितेको छ ।
गोदावरी बहुउद्देश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा शनिबार सम्पन्न खेलमा चन्द्रागिरी नगरपालिकालाई २–१ गोल अन्तरले हराउँदै काठमाडौं महानगरले उपाधि जितेको हो ।
काठमाडौंका लागि अखिलेश कार्की र दीपेश श्रेष्ठले १–१ गोल गरे । उपाधि बिजेता काठमाडौंले ५ लाख रुपैयाँ र उपबिजेता चन्द्रागिरीले ३ लाख रुपैयाँ पुरस्कार पाएका छन् ।
Discussion about this post