Khabar Samachar

Search
Close this search box.

रवि लामिछानेको निशानामा गगन थापा

202
VIEWS

सहकारीको रकम अपचलनको आरोप लागेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने प्रतिनिधि सभामा संसदीय छानबिन समिति बनाउन सत्तापक्ष तयार भएपछि कांग्रेसले आज लामिछानेलाई बोल्न दिएको हो । लामिछानेले यस अवसरलाई आफूमाथि लागेको आरोपहरू खण्डन गर्न प्रयोग गरे । यसको साथ साथै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र विशेष गरी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापामाथि निशाना साँधे । उनले संसदको ‘रोस्ट्रम’मा उभिएर ३९ मिनेट बोल्दा सम्पूर्ण समय विपक्षीमाथि आरोप खन्याउनका लागि उपयोग गरे।थापाको नाम कतै नलिए पनि उनले निकै आक्रोश र प्रतिशोधपूर्ण तरिकाले कृषि अनुदानको दुरुपयोगको कुरा बारम्बार उठाए। ‘सहकारी ठगी गर्नेलाई मात्रै होइन, कृषि अनुदानको रकम हिनामिना गरेर कुखुरा, हाँस, माछा, खसी, बोका, बाख्रा पाल्नेलाई पनि बाहिर पठाऔँ,’ लामिछानेले बारम्बार यो प्रसंग उठाए।

यति मात्र होइन, उनले नाम उल्लेख नगरी ‘देशका गोप्य सूचना विदेशीलाई बेच्ने एजेन्ट र एसेटहरूलाई पनि (सदन)बाट बाहिर पठाऔँ’ भनेर गम्भीर आरोप पनि लगाए।

उनले यो आरोप गगन थापामाथि नै लगाएका हुन् भन्ने प्रस्ट त छैन। तर, अर्को वाक्यले उनलाई इंगित गरेको भन्नेसम्म अनुमान गर्न सकिन्छ। उनले भनेका छन्, ‘त्यो जतिसुकै शक्तिशाली होस्, यो देशको मन्त्री होस् वा पार्टीको महामन्त्री होस्। सदनलाई लड्ने र भिड्ने थलोको रुपमा नबनाऔँ। तथ्यमा छलफल गरौँ।’लामिछानेले आफू सहकारीको संचालक र सदस्य केही पनि नभएको दाबी गरेका छन् । उनले गोर्खा मिडियाको एमडी हुँदाका बखत निर्णय गराएर सहकारीको रकम नल्याएको बताए । उनले सहकारीको रकम ठगीमा आफ्नो संलग्नता नभएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित