Khabar Samachar

उपसभापति धनराज गुरूङले दिए गृहमन्त्री रबी लामिछानेविरूद्ध निवेदन

206
VIEWS

कांग्रेस उपसभापति धनराज गुरूङले दिए गृहमन्त्री रबी लामिछानेविरूद्ध निवेदन दिएका छन ।

सभामुख देवराज घिमिरेलाई सम्बोधन गर्दै उपसभापति गुरूङले सोमबार निवेदन दिएका हुन्।

उपसभापति गुरूङले ‘सत्यतथ्य नबोल्ने गृहमन्त्रीमाथि संसदको अवहेलनामा कारबाही गर्न’ मागसहित उनले निवेदन दिएका छन्।

गृहमन्त्री लामिछानेले आइतबारको प्रतिनिधि सभाको रोस्टमबाट तथ्यहीन अभिव्यक्ति दिएको गुरूङको भनाइ छ।

अदालतले गरेको फैसलामाथि गृहमन्त्री लामिछानेले धावा बोलेको गुरूङले उल्लेख गरेका छन्। गृहमन्त्री लामिछानेले ‘अदालतबाट सफाइ पाइसकेको रातो कुटनीतिक पासपोर्टको विषयलाई तोडमोड गरी आम नागरिकबीच भ्रम सिर्जना गर्न खोजेको’ गुरूङको भनाइ छ।

गृहमन्त्रीले तथ्यहीन कुरा बोल्दा संसदको अवहेलना हुन पुगेको गुरूङको भनाइ छ। ‘उहाँले बोलेका कुरा पुष्टि गर्न म चुनौती दिन चाहन्छु, पुष्टि नभएमा उहाँमाथि कारबाही गर्न माग गर्दछु,’ सांसद गुरूङले भनेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित