Skip to main content

Khabar Samachar

Search
Close this search box.

सिंहदरबारको फोहोर उठ्दैन – मेयर बालेन शाह

203
VIEWS

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले फोहोर बोक्ने गाडीका चालक रिहा नभएसम्म सिंहदरबार, सबै पार्टी कार्यालय र नेताहरूको घरको फोहोर नउठ्ने चेतावनी दिएका छन्।

सोमबार बिहान फोहोर बोक्ने गाडीका चार जना चालकलाई समाएपछि उनले सामाजिक सञ्जाल फेसबुकमा रोष प्रकट गर्दै स्ट्याटस लेखेका छन्।

‘बञ्चरे डाँडामा फोहोर लग्न नदिएपछि पेरिसडाँडामा गाडी रोकेर राखिएको थियो,’ बालेनका स्वकीय सचिव भूपदेव शाहले भने, ‘उता बञ्चरेमा अवरोध हटाउनुको सट्टा यता फोहोर बोकेर राखेको गाडीका चालकलाई समाउनु त भएन नि!’

बलामी युवा समाजले रोजगारीको माग राख्दै शनिबारदेखि बञ्चरेडाँडामा फोहोर रोकेको छ। उक्त समाजले फोहोरका गाडीलाई निषेध गर्दा निजी कम्पनीका चारवटा गाडीमा क्षति भएको महानगरको दाबी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित