Khabar Samachar

अदालती प्रक्रिया हो, बढ्ता हो-हल्ला गर्न जरूरी छैन – प्रधानमन्त्री पुष्पकमल दाहाल

206
VIEWS

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ प्रकरणमा बढ्दा होहाल्ला गर्न आवश्यक नभएको टिप्पणी गरेका छन् । नागरिकता कीर्तेसम्बन्धी कसुरमा अनुसन्धानका लागि पक्राउ परेका सिरोहियाको मुद्दा अदालती प्रक्रियाबाट टुंग्गो लाग्ने उनले बताए ।

‘यो अदालतले प्रक्रिया अगाडि बढाऊ भनिसकेपछि अदालती प्रक्रिया बुझ्याछु मैले’, ‘प्रधानमन्त्री प्रचण्डले भने, ‘यो बढ्ता हो–हल्ला गर्न जरुरी छैन ।’

त्यसपछि सञ्चारर्मीले ‘सरकारले रिसिबी साध्यो भन्ने आरोप छ नि ?’ भनेर प्रश्न राखेको थिए । उक्त प्रश्नको जवाफमा उनले भने, ‘त्यो गलत कुरा हो । उहाँसँग केके रिसिबी ?’
गृहमन्त्री रवि लामिछाने व्यक्तिगत रुपमै प्रस्तुत भएको आरोप पनि प्रधानमन्त्री प्रचण्डले खण्डन गरे ।

गृहमन्त्री व्यक्तिगत रूपमै आउनुभयो भन्ने छ नि ? भन्ने जिज्ञासामा उनको जवाफ थियो- ‘त्यो मान्छेले भन्ने कुरा मात्रै हो । उहाँ अदालती प्रक्रियाबाट निर्दोष हुनुहुन्छ सजिलै छुट्नुहुन्छ । त्यो हल भइहाल्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित