सहकारी छानबिन समितिको कार्यादेश (टीओआर) टुङ्ग्याउने जिम्मा घुमिफिरी शीर्ष नेताकोमा पुगेको छ । कार्यदल सदस्यसहित बालुवाटारमा शनिबार बेलुका भएको छलफलमा आइतबार बिहान शीर्ष नेताले छलफल गरेर टुङ्ग्याउने नेपाली कांग्रेसका नेता तथा कार्यदल सदस्य जीवन परियारले बताए प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा बसेर समितिको कार्यादेशलाई अन्तिम रूप दिने परियारले जानकारी दिए ।
Discussion about this post