Khabar Samachar

युनाइटेडले जित्यो एफए कपको उपाधि

204
VIEWS

म्यानचेस्टर युनाइटेडले शनिबार चिरप्रतिद्वन्द्वी म्यानचेस्टर सिटीलाई हराएर एफए कपको उपाधि जितेको छ । रोचक कुरा, गत सिजनको फाइनलमा १–२ गोल अन्तरले पराजित भएको युनाइटेडले उक्त स्कोरलाई उल्टाउँदै २–१ ले विजयी बनेको हो ।

खेलको ३० औँ मिनेटमा अलेहान्द्रो ग्रानाचोले युनाइटेडलाई अग्रता दिलाएका थिए । ३९ औँ मिनेटमा कोबी माइनोले टोलीको अग्रता दोब्बर बनाए ।

दोस्रो हाफमा सिटीले सुधारिएको खेल प्रदर्शन गर्दै युनाइटेडमाथि दबाब बढाएको थियो । गोलका लागि थुप्रै प्रयास गरे पनि टोली सफल भने हुन सकेको थिएन । खेलको अन्त्यतिर जेरेमी डोकुले सिटीका लागि एक गोल फर्काए पनि त्यति बेलासम्म धेरै ढिला भइसकेको थियो ।

युनाइटेडले एफए कपको उपाधि जितेको यो १३ औँ पटक हो । युनाइटेडभन्दा आर्सनल (१४ पटक) ले मात्र धेरै पटक यो प्रतियोगिता जितेको छ । योसँगै युनाइटेड युरोपा लिगका लागि छनोट भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित