Khabar Samachar

सहकारी ठगीविरूद्ध नेपाली कांग्रेस सडकमा

207
VIEWS

नेपाली कांग्रेसले आइतबार काठमाडौंमा सरकारविरुद्ध प्रदर्शन गरेको छ ।

सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन, सहकारीको वचत फिर्ता लगायतका विभिन्न माग राखेर कांग्रेसले काठमाडौंको प्रदर्शनीमार्गस्थित सडकमा प्रदर्शन गरेको हो ।

देशका विभिन्न  सहकारीको बचत ठगी भएकोले बचतकर्तालाई न्याय दिलाउन भन्दै कांग्रेसले प्रदर्शन र खुला सभा गरेको छ।

केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पनि संलग्न रहेकोले संसदीय छानबिन समिति गठनका लागि सदन र सडकबाट दबाब दिने निर्णय गरेको थियो।

काठमाडौं कांग्रेसको आयोजना र ललितपुर तथा भक्तपुर जिल्ला कार्यसमितिको समन्वयमा कांग्रेसले प्रदर्शनीमार्गमा विरोध प्रदर्शन गरेको हो।

कांग्रेसले सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न लामो समयदेखि माग गर्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित