Khabar Samachar

गण्डकी प्रदेशकाका मुख्यमन्त्री खगराज अधिकारीले लिएको मत अवैधानिक ठहर

206
VIEWS

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त भएका छन् । सर्वोच्च अदालतले यसअघि लिएको विश्वासको मत असंवैधानिक ठहर गरेपछि उनी पदमुक्त भएका हुन् । सोमबार न्यायाधीशद्धय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको इजलासले अधिकारीले यसअघि ६० सदस्य प्रदेश सभामा ३० सदस्यको मत पाउने भनि लिएको विश्वासको मत संविधान विपरीत भएको ठहर गरेको हो ।

नेपाली कांग्रेस  गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्र पाण्डेले वैशाख २५ गते दायर गरेको रिट जारी हुने फैसला सुनाएको छ । यसअघि कोशी प्रदेशका मुख्यमन्त्री पनि विश्वासको मत सम्बन्धी प्रक्रियामा विवादित हुँदै पद गुमाएका थिए । यसपटक गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीले सोही प्रक्रिया अनुसार पद गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित