Khabar Samachar

गण्डकीको नयाँ मुख्यमन्त्रीमा सुरेन्द्र पाण्डेलाई ४८ घण्टाभित्र नियुक्त गर्न सर्वोच्चको परमादेश

201
VIEWS

सर्वाेच्च अदालतले तीन वर्षअघि शेरवहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिको लागि दिएको परमादेशकै शैलीमा समय तोकेर गण्डकीको मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको छ ।

सोमबार न्यायाधीशद्धय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको इजलासले अधिकारीले यसअघि ६० सदस्य प्रदेश सभामा ३० सदस्यको मत पाउने भनि लिएको विश्वासको मत संविधान विपरीत भएको ठहर गरेको हो ।

नेपाली कांग्रेस  गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्र पाण्डेले वैशाख २५ गते दायर गरेको रिट जारी हुने फैसला सुनाएको छ । यसअघि कोशी प्रदेशका मुख्यमन्त्री पनि विश्वासको मत सम्बन्धी प्रक्रियामा विवादित हुँदै पद गुमाएका थिए । यसपटक गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीले सोही प्रक्रिया अनुसार पद गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित