Khabar Samachar

Search
Close this search box.

माधवजी अहिलेको गठबन्धनलाई धोकादिनुहुन्न – प्रधानमन्त्री पुष्पकमल दाहाल

215
VIEWS

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सत्ता समीकरणबाट यताउता नहुने दाबी गरेका छन्।

उनलाई सञ्चारकर्मीले बुधबार बुढानीलकण्ठमा आयोजित विपक्षी गठबन्धनको बैठकमा माधव नेपाल सहभागी भएको प्रसंगबारे प्रश्न गरेका थिए।

जवाफमा प्रधानमन्त्री प्रचण्डले भने, ‘मैले त्यसलाई त्यति असहज ठानेको छैन। माधवजी पहिलादेखि नै उता पनि, यता पनि दुवैतिर जोडिनेजस्तो देखिएको त थियो। तर, अहिले बिहान मेरो कुरा हुँदा, समीकरणभन्दा बाहिर छैन भन्ने कुरा क्लियर गर्नुभएको छ।’

साथै, उनले मधेस प्रदेशमा पनि समीकरणभन्दा बाहिरबाट अर्को सरकार नबन्ने दाबी गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित