Khabar Samachar

Search
Close this search box.

नागरिकलाई जबरजस्ती सडकमा उभ्याउन पाइँदैन – राज्य व्यवस्था समिति सभापति खतिवडा

221
VIEWS

राज्य व्यवस्था समिति सभापति रामहरि खतिवडाले नागरिकलाई जबरजस्ती सडकमा उभ्याउन नपाउने बताएका छन । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ट्राफिक नियम उल्लंघन गरेकै आधारमा नागरिकलाई सडकमा परिचालन गर्न नमिल्ने बताए।

बिहीबार सिंहदरबारमा पत्रकारहरूसँग कुराकानी गर्दै खतिवडाले गृहमन्त्रीप्रति लक्षित गर्दै ‘सनकका भरमा जे पायो त्यही निर्णय गर्न नहुने’ बताए।कानुनी राज्यको परिकल्पना गरेका छौं। तर कानुनी राज्य भनेको कसैको सनकका भरमा जतिखेर जे पायो त्यही निर्णय गर्ने होइन,’ खतिवडाले भने, ‘अहिले सडकमा केही मान्छेहरूलाई उपप्रधान तथा मन्त्रीको निर्देशनमा सडकमा उभ्याउने गरिएको छ, यो सरासर गलत छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित