Khabar Samachar

१० औं नेपाल एमेच्योर ओपन सुरु

219
VIEWS
नेपालका राहुल विश्वकर्मा र भारतका शात मिश्रा १०औं नेपाल एमेच्योर ओपनको पहिलो दिन संयुक्तरुपमा शीर्षस्थानमा रहेका छन।
गोकर्ण गल्फ क्लबमा आज राहुल र शातले ५-अण्डर ६७ को स्कोर खडा गरे। नेपाल नम्बर एक एमेच्योर गल्फर सदभाव आचार्य ३-अण्डर ६९ सहित तेश्रो स्थानमा रहेका छन। नेपालकै विजय श्रेष्ठ आइन्हाउस र साश्वत प्रधान तथा भारतका सुरज जोशी र बङ्गलादेशका सहाब उद्दिन इभन-पार ७२ सहित संयुक्तरुपमा चौथो स्थानमा रहे।
नेपालका वाङचेन ढोन्डुप र डिफेन्डिङ च्याम्पियन भारतका सुमित कोटवालले संयुक्तरुपमा आठौं स्थान बाँडे। उनीहरूले १-ओभर ७३ मा दिनको खेल पुरा गरे। नेपालका ज्ञान बहादुर ढेङ्गा २-ओभर ७४ सहित दशौं स्थानमा छन।
पुरूष टिम स्पर्धामा नेपालको बी टिम र भारत ४-अन्डर १ सय ४० सहित संयुक्तरुपमा शीर्षस्थानमा स्थानमा छन। नेपाल बीका लागि राहुल विश्वकर्माले ६७ र वाङचेन ढोन्डुपले ७३ को स्कोर बनाए। भारतका शात मिश्राले ६७ र सुमित कोटवालले ७३ स्कोर गरे। सदभाव आचार्य र टासी छिरिङ सम्मिलित नेपाल टिम ए १-ओभर १ सय ४५ सहित तेस्रो स्थानमा रहेको छ।
महिलातर्फ श्रीलंकाकी काया दलुवाटेले १-अन्डर ७१ को स्कोरमा नेपालकी कश्मीरा शाह र भारतकी दिया क्रिस कुमारलाई एक स्ट्रोकले पछि पारेकी छिन। डिफेन्डिङ च्याम्पियन कश्मीरा र दिया इभन-पार ७२ सहित संयुक्तरुपमा दोस्रो स्थानमा रहेका छन। भारतकी मानवी सिंघानिया १-ओभर ७३ सहित चौथो स्थानमा रहँदा ५-ओभर ७७ को स्कोरमा भारतकी अनन्थी विवेक पाँचौ स्थानमा रहेका छन।
पुरूषतर्फका संयुक्त लिडर राहुल र शात दुवैले फ्रन्ट नाइन २-अन्डर ३४ र ब्याक नाइन ३-अन्डर ३३ मा पुरा गरे। राहुलले तेस्रो र सातौं होलमा एक-एक सट बचाए। यसपछि १७औं होलमा एक सट खेर फाले पनि ११औं, १२औा, १५औं र १८औं होलमा बर्डीको सफलता प्राप्त गरे।
शातले बोगी फ्री स्कोर कार्ड तयार पार्ने क्रममा तेस्रो, छैटौं, १५औं, १७औं र १८औं होलमा एक-एक सट बचाए।
नेपालका नम्बर एक एमेच्योर गल्फर सदभावले तेस्रो र नवौं होलको बर्डीले फ्रन्ट नाइन २-अन्डर ३४ मा सकाए। यसपछि १२औं र १७औं होलको बर्डीका विरूद्ध १५औं होलको बोगीले ब्याक नाइन १-अन्डर ३५ मा पुरा गरे।
महिलातर्फ लिडर कायाले फ्रन्ट नाइन १-अन्डर ३५ र ब्याक नाइन इभन-पार ३६ मा पुरा गरिन। उनले फ्रन्ट नाइनमा चार होलमा बर्डी प्रहार गरिन। पहिलो, तेस्रो, पाँचौ र छैटौं होलमा एक-एक सट बचाइन। तर दोस्रो होलमा बोगी र चौथो होलमा डबल बोगीको सामना गरिन। यसपछि ब्याक नाइनमा ११औं, १५औं र १८औं होलमा एक-एक सट बचाइन। तर १६औं होलमा बोगी र १७औं होलमा डबल बोगी प्रहार गरिन। कश्मिरा र किया दुवैले फ्रन्ट नाइन र ब्याक नाइन ईभन-पार ३६ मा सकाए।
५४ होल तीन दिने प्रतियोगितामा नेपाल, भारत, श्रीलंका, बंगलादेश र भुटान गरी पाँच देशका ६५ खेलाडीको सहभागीता रहेको छ। नेपाल गल्फ संघको आयोजनामा भएको प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद्, नेपाल पर्यटन बोर्ड, गोकर्ण फरेस्ट गल्फ रिसोर्ट र होटल रोयल सिंङ्गीको सहयोग रहेको छ।
आजै राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले प्रतियोगिताको उद्घाटन गरेका थिए । कार्यक्रममा संघका अध्यक्ष टाशी घले, महासचिव दीपक आचार्य लगायतको उपस्थिति रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित