Khabar Samachar

Search
Close this search box.

सार्वजनिक शौचालय प्रयोगकर्तासँग शुल्क नलिनू – काठमाडौं महानगर

220
VIEWS

काठमाडौं महानगरपालिका क्षेत्रभित्र सबै सार्वजनिक शौचालयहरू निः शुल्क प्रयोग गर्न पाइने भएको छ।

शुक्रबार सूचना जारी गर्दै महानगरले निर्माण भएका तथा सञ्चालनमा रहेका सार्वजनिक शौचालयमा सेवाग्राहीसँग कुनै पनि शुल्क लिन नपाउने व्यवस्था गरेको बताएको छ।

‘निःशुल्क रूपमा सञ्चालित सार्वजनिक शौचालयका लागि महानगरले आवश्यकता अनुसार जनशक्ति, सामग्री, मर्मतसम्भार र सरसफाइ सहयोग उपलब्ध गराउने छ,’ सूचनामा भनिएको छ।

सेवाग्राहीसँग शुल्क लिई सञ्चालन गरिरहेका सार्वजनिक शौचालयका सञ्चालक र व्यवस्थापकलाई सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र महानगरको सार्वजनिक निजी साझेदारी एकाइमा लिखित प्रस्ताव पेस गर्न समेत अनुरोध गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित