Skip to main content

Khabar Samachar

Search
Close this search box.

काठमाडौंका मेयर बालेन सिंगापुर नजाने

220
VIEWS

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सिंगापुर भ्रमण स्थगित गरेका छन् ।

मन्त्रिपरिषद्को बैठकले भ्रमणको लागि स्वीकृती दिइसकेपछि बालेनले भ्रमण रद्द गरेका हुन् ।मेयर बालेन आगामी जेठ २० देखि २२ सम्म सिंगापुरमा हुने नवौं वल्र्ड सिटी समिटमा भाग लिन सिंगापुर जाने कार्यक्रम तय भएको थियो।

शुक्रबार बसेको मन्त्रिपरिषद्ले मेयर बालेनलाई सिंगापुर भ्रमण जान दिने निर्णय गरे पनि मेयरले भने भ्रमणमा नजाने निर्णय गरेको मेयर बालेनका स्वकीय सचिव भूपदेवले जानकारी दिए।

उनका अनुसार सिंगापुरमा जेठ २०-२२ गतेसम्म हुने नवौं वर्ल्ड सिटी समिटमा भाग लिन मन्त्रिपरिषद्को स्वीकृति माग गरिएको थियो।

‘एक हप्ताअघि नै कार्यव्यस्तताका कारण नजाने निर्णय गरिसकेको थियो,’ उनले भने, ‘त्यही भएर कार्यपालिका बैठकबाट पनि हटाइसकेका थियौं।’सिंगापुरमा हुन लागेको नवौं वर्ल्ड सिटी समिटमा भाग लिनका लागि बालेनले मन्त्रिपरिषद्को स्वीकृति माग गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित