Khabar Samachar

भारत लोकसभा निर्वाचनको परिणाम आज

201
VIEWS

भारतको १८औं लोक सभा निर्वाचनको मतगणना आजदेखि सुरु हुँदै छ ।

मतगणना स्थानीय समय अनुसार बिहान ८ बजेदेखि सुरु गर्ने निर्वाचन आयोगले जनाएको छ । लोक सभाका ५४२ सिटको नतिजालाई निकै चासोका साथ हेरिएको छ ।

लोक सभा निर्वाचनमा भाजपा नेतृत्वको एनडीए गठबन्धन र कांग्रेस नेतृत्वको इन्डिया गठबन्धन मुख्य प्रतिस्पर्धामा छन् ।

निर्वाचन सकिएलगत्तै सार्वजनिक भएका मत सर्वेक्षणमा यसपटक पनि भाजपाको एनडीए गठबन्धनले बहुमत हासिल गर्ने देखिएको छ । मत सर्वेक्षणअनुसारकै नतिजा निस्किएमा नरेन्द्र मोदी तेस्रो कार्यकाल प्रधानमन्त्री बन्ने छन् ।बहुमतका लागि २७२ सिट ल्याउनुपर्ने हुन्छ । तर, मत सर्वेक्षणको अनुमानमा एनडीए गठबन्धनले २८१ देखि ४०१ सिटसम्म ल्याउने देखाइएको छ । विपक्षी गठबन्धनले १०७ देखि २०१ सिटसम्म ल्याउन सक्ने उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित