Skip to main content

Khabar Samachar

Search
Close this search box.

महानगर क्षेत्रभित्रका सबै अस्पताललाई आफ्नै फार्मेसी सन्चालन गर्न निर्देशन

206
VIEWS

काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र सञ्चालनमा रहेका सबै अस्पताललाई १५ दिनभित्र आफ्नै फार्मेसी (औषधि पसल) सञ्चालन गर्न निर्देशन दिएको छ।

बुधबार सार्वजनिक सूचना जारी गर्दै महानगरले उक्त कुरा बताएको हो।

‘हाल अधिकांश अस्पतालहरूको आफ्नो स्वामित्वमा फार्मेसी सञ्चालन नभएको र अन्य व्यक्तिहरूलाई फार्मेसी सञ्चालन गर्न अनुमति दिँदा उपभोक्ता गुणस्तरीय फार्मेसी सेवाबाट बञ्चित भएका छन्,’ सूचनामा भनिएको छ, ‘र चर्को मूल्यमा औषधि तथा औषधिजन्य सामग्री बिक्री भइरहेको भन्ने गुनासो प्राप्त भएको छ।’

यस्तै, नेपाल सरकारबाट जारी भएको अस्पताल फार्मेसी सेवा सञ्चालन निर्देशिका-२०७२ मा पनि अस्पतालले आफ्नो स्वामित्वमा फार्मेसी सेवा सञ्चालन गर्नुपर्ने कानूनी व्यवस्था रहेको बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित