नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मधेश प्रदेशमा आफ्नो दललाई मुख्यमन्त्री पद लिन प्रस्ताव आएको बताएका छन् ।
शनिबार एकीकृत समाजवादी पार्टीको कोशी कमिटीले गरेको कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले पटकपटक मुख्यमन्त्री दिन्छौं पूरानै गठबन्धनमा आउनपर्यो भनेर फोन आएपनि आफूले इन्कार गरेको बताएका हुन्।
‘मधेस प्रदेशमा हामीलाई मुख्यमन्त्री दिन प्रस्ताव आयो । यही पुरानै गठबन्धनमा बस्नुस्, मुख्यमन्त्री लिनुस् भनियो । बिहान पनि त्यही फोन, बेलुका पनि त्यही फोन आउँछ । अहिले यसो गर्नु उचित हुँदैन भन्ने हामीले सोच्यौँ,’ उनले भने।
केन्द्रमा एउटा र प्रदेशमा अर्को सरकारमा बस्नु उपयुक्त नहुने पनि नेपालले बताए।
Discussion about this post