Skip to main content

Khabar Samachar

Search
Close this search box.

वेस्ट इन्डिज पुगे सन्दीप लामिछाने

216
VIEWS

आइसिसी टी-२० विश्वकप २०२४ अन्तर्गत दक्षिण अफ्रिका र बंगलादेशविरूद्धको खेलका लागि नेपाली राष्ट्रिय टोलीका स्पिनर सन्दीप लामिछाने वेस्ट इन्डिज पुगेका छन्।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार सन्दीप वेस्ट इन्डिज पुगेर नेपाली टोलीमा समावेश हुनेछन्।

यसअघि सन्दीपलाई बलात्कार मुद्दामा उच्च अदातल पाटनले सफाइ दिएपछि उनलाई क्यानले टोलीमा राख्ने निर्णय गरेको थियो।

तर अमेरिकाले भिसा दिन अस्वीकार गर्दा सन्दीपले गत जुन ४ मा अमेरिकाको डलासमा भएको नेदरल्यान्ड्सविरूद्धको खेल गुमाएको थिए। साथै जुन ११ मा अमेरिकाकै फ्लोरिडास्थित लाउडरहिलमा श्रीलंकाविरुद्धको खेल गुमाउँदैछन्।

क्यानका पदाधिकारीका अनुसार सन्दीप वेस्ट इन्डिज पुगिसकेका छन्। नेपाली टोली श्रीलंकासँग खेलेपछि बिहीबार वेस्ट इन्डिजको सेन्ट भिसेन्ट पुग्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित