Khabar Samachar

बझाङमा विपद् उद्धार अभ्यासकै क्रममा सशस्त्रका जवानको मृत्यु

200
VIEWS

बझाङमा विपद उद्धारसम्बन्धी तालिम अभ्यास गर्दा डुबेर सशस्त्र प्रहरीका जवानको मृत्यु भएको छ।

केदारस्युँ गाउँपालिका वडा नम्बर ७ घर भएका जवान नरेन्द्र सिंह धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी भरत शाहले बताए।

बाढी र त्यसले पार्ने क्षति न्यूनीकरण गर्न देखाउन लागिएको कृत्रिम अभ्यास (सिमुलेसन) गर्दा गर्दै उनी डुबेका थिए।

सोमबार बिहान जयपृथ्वीबहादुर नगरपालिका स्थित सेती नदीमा नेपाली सेनाको वीरभद्रजंग गुल्म नजिकै प्राकृतिक विपद् उद्धारसम्बन्धी नमुना अभ्यास गर्ने क्रममा धामी बेहोस भएका थिए । उपचारका लागि जिल्ला अस्पताल पुर्‍याइएपनि चिकित्सकले मृत घोषणा गरेको बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) भरत शाहले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित