Khabar Samachar

प्रधानमन्त्री दाहाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

202
VIEWS

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतका नवनियुक्त संघीय विदेशमन्‍त्री एस जयशंकरसँग शिष्टाचार भेट गरेका छन्।

सोमबार होटल ताजमा दुई जनाबीच शिष्टाचार भेट भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

दुई पक्षबीच द्विपक्षीय सम्बन्ध, आपसी सहयोग र विगतमा भएका सम्झौता एवं समझदारी कार्यान्वयनका विषयमा छलफल भएको हो।

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले भारतको मन्त्री पदमा नियुक्त भएकोमा जयशंकरलाई बधाई तथा शुभकामना समेत दिएका थिए।

प्रधानमन्त्री प्रचण्डले आगामी दिनमा दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउने विश्वास व्यक्त गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित