Skip to main content

Khabar Samachar

Search
Close this search box.

खच्चडका मालिकलाई क्षतिपूर्ति दिन सांसद सीता कुमारी रानाको माग

205
VIEWS

नेपाली कांग्रेसकी सांसद सीताकुमारी रानाले कर्णाली नदीमाथिको झोलुंगे पुलको लट्ठा चुडिंदा फसेर मृत्यु भएका खच्चडको मालिकलाई उचित क्षतिपूर्तिको माग गरेकी छन् ।

बुधबार प्रतिनिधि सभामा बोल्दै सांसद रानाले खच्चडका मालिकलाई सरकारले उचित क्षतिपूर्ति दिने व्यवस्था तत्काल गर्नुपर्ने बताएकी हुन्।

त्यस्तै पुल जीर्ण भएकाले आवतजावत बन्द गरिएको र अछाम र दैलेखका झन्डै सय जना विद्यार्थी विद्यालयबाट बञ्चित भएको जानकारी गराइन्।

‘विद्यार्थी रोकिए भने कम्तिमा २० दिन विद्यालय बन्द राख्ने भनिएको छ। नजिकै अन्य पुलको व्यवस्था पनि छैन,’उनले भनिन्।

पुल चाँडै नबने स्थानीहरू वाध्य भएर त्यही जीर्ण पूलमै हिँड्नसक्ने खतरा भएको पनि उनले बताइन्।

त्यसकारण पुलको यथाशीघ्र निर्माण गर्न सांसद रानाले आग्रह गरिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित