Khabar Samachar

प्रदेश संरचना पार्किङ थलो भयो : रवि लामिछाने

203
VIEWS

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले प्रदेश संरचनालाई सही बाटोबाट अघि बढाउन आवश्यक रहेको बताएका छन् ।

नेपाल समाजवादी पार्टीको स्थापना दिवशको कार्यक्रममा बोल्दै उनले अहिलेको प्रदेश संरचना बेढंगको भएको टिप्पणी गरे ।

‘त्यो बेढंगको छ, ढंगको बनाउनुपर्छ’, उनले भने, ‘त्यो दोस्रो, तेस्रो लेयरका राजनीतिक नेताहरुलाई पार्किङ गर्ने पार्किङ लट भएको छ । तेस्रो लेयरको नेतालाई कहिँ पठाउनुपर्‍यो भने तपाईं प्रदेशमा जानुस् भनेको छ, आज कोही मुख्यमन्त्री छ भन्यो भने भोलि अर्को भइसक्छ, मन्त्री को त हिसाब नै छैन ।’

उनले भने, ‘प्रदेश संरचनालाई लिएर हामीले राखेका केही प्रश्नहरूलाई लिएर धेरै जिज्ञासाहरू छन् । हामीले ढंगको बनाउनुपर्छ भनेको हो । त्यो दोस्रो तेस्रो लेयरका राजनीतिक दलका नेताहरूलाई पार्किङ गर्ने, पार्किङ स्थल भएको छ ।’

गृहमन्त्री लामिछानेले सबैलाई जोगाउँदा, देश, व्यवस्था र संविधान नजोगिने अवस्थामा पुगेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित