Khabar Samachar

बंगलादेशसँग हार्‍यो नेपाल

200
VIEWS

आइसिसी टी-२० विश्वकपमा नेपाल बंगलादेशसँग २१ रनले पराजित भएको छ।

समूह चरणको अन्तिम खेलमा जितका लागि १०७ रनको लक्ष्य पछ्याएको नेपाल १९.२ बलमा अल आउट हुँदा ८५ रन मात्रै बनाउन सक्यो।

नेपालका लागि कुशल मल्लले बनाएको २७ रन सर्वाधिक रह्यो। उनले ४० बलमा १ चौका र १ छक्का हाने।

दिपेन्द्रसिंह ऐरीले ३१ बलमा २ चौका र १ छक्का प्रहार गरी २५ रनको योगदान गरे।

नेपालका अनील साह, गुल्सन झा र सोमपाल कामी शून्यमा आउट भए।

कुशल भूर्तेल ४ रन, आशिफ शेख १७ रन, रोहित पौडेल र सन्दीप जोरा १/१ रन बनाएर आउट भए।

बंगलादेशका लागि तान्जिम हसन शाकिबले सर्वाधिक ४ विकेट लिए। मुस्ताफिजुर रहमानले ३, शाकिब अल हसनले २ तथा तास्किन अहमदले १ विकेट लिए।

सेन्ट भिसेन्टमा समूह चरणको अन्तिम खेल खेलेको नेपालले बंगलादेशलाई १९.३ ओभरमा अल आउट गरी १०६ रनमा समेटेको थियो।

बंगलादेशलाई सस्तैमा पेभिलियन फर्काउने क्रममा सन्दीप लामिछाने, रोहित पौडेल, सोमपाल कामी र दिपेन्द्र सिंह ऐरीले समान २-२ विकेट लिएका थिए। सन्दीपले बंगलादेश विरुद्ध २ विकेट लिएसँगै टी-२० अन्तर्राष्ट्रियमा १ सय विकेट पुरा गरेका छन्।

१ सय ७ रनको लक्ष्य पछ्याएको नेपाल खराब सुरुवातको सिकार हुँदा मध्य क्रमले केही सयम इनिङ समालेपनि जितका लागि पर्‍याप्त भएन। नेपालका लागि कुशल मल्लले २७ र दिपेन्द्र सिंह ऐरीले २५ रन बनाउनु सर्वाधिक रह्यो। यि दुईबाहेक आसिफ शेखले १७ रन बनाए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित