संघीय संसद सचिवालयका कर्मचारीहरूले धर्ना दिएका छन् ।
अतिरिक्त समयमा गरेको कामको प्रोत्साहन भत्ता माग्दै उनीहरूले संसद परिसरमै धर्ना दिएका हुन् ।
संसद्मा कार्यालय समय बाहेक अतिरिक्त समयमा काम गरे बापत सेवा सुविधा, भत्ता लगायत थप गर्न माग गर्दै उनीहरूले धर्ना दिएका हुन् । बिहान १० बजेदेखि बिहान ११ बजेसम्म धर्ना दिइएको संघीय संसद् सचिवालय कर्मचारी युनियनका अध्यक्ष गोविन्दप्रसाद बेल्बासेले जानकारी दिए ।
संसद्का कर्मचारीहरूले गत जेठ २९ गतेदेखि चरणबद्ध रूपमा आन्दोलन गर्दै आएका छन् । माग पूरा गर्न १ हप्ते अल्टिमेटम दिएका उनीहरूले माग पूरा नभएपछि दोस्रो चरणको आन्दोलन थालेका छन् ।
कर्मचारीहरूले हातमा कालो पट्टी बाँधेर संसद्मा काम गरिरहेका छन् । माग पूरा नभएसम्म शान्तिपूर्ण आन्दोलन जारी रहने कर्मचारी युनियनका अध्यक्ष बेल्बासेले जानकारी दिएका छन् । प्रतिनिधि सभाको बैठक सुरु भएपछि कर्मचारीहरू धर्ना छोडेर नियमित काममा फर्किएका छन् ।
























Discussion about this post