Khabar Samachar

टी–२० विश्वकप : अफगानिस्तानले अस्ट्रेलियालाई हरायो

201
VIEWS

आइसिसी टी-२० विश्वकपको जारी संस्करणमा अस्ट्रेलिया पहिलो पटक पराजित भएको छ।

समूह चरणका सबै खेल जितेर अन्तिम आठमा पुगेको अस्ट्रेलिया अन्तिम आठको दोस्रो र महत्वपूर्ण खेलमा पराजित भएको हो।

चार अङ्कसहित भारत तालिकाको पहिलो स्थानमा आसीन छ । दुई अङ्कसहित अस्ट्रेलिया दोस्रो स्थानमा छ । दुई अङ्क नै बटुलेको अफगानिस्तान तेस्रो र खाता खोल्न नसकेको बङ्गलादेश चौथो स्थानमा छन् ।

पहिले ब्याटिङको निम्तो पाएको अफगानिस्तानले निर्धारित ओभरमा ६ विकेट गुमाएर एक सय ४६ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको अस्ट्रेलियाले भने १९।२ ओभरमा अलआउट हुनुअघि एक सय २७ रनमात्र बनाउन सक्यो ।

पहिले ब्याटिङको गरेको अफगानिस्तानका लागि ओपनर ब्याट्सम्यान रहमतुल्लाह गुरबाजले ६० रनको योगदान गरे । उनले ४९ बलमा चार छक्का र चार चौका पनि प्रहार गरे ।

अर्का ओपनर इब्राहिम जदरानले पनि अर्धशतकीय पाली खेले । उनले ४८ बलमा ६ चौकाको मद्दतले ५१ रन बनाएका थिए । यी दुईले ओपनिङ विकेटका लागि एक सय १८ रनको साझेदारी गरे ।

अस्ट्रेलियाका बलर प्याट कुमिन्सले तीन विकेट लिए । उनले चार ओभरमा २८ रन खर्चिए । एडम जाम्पाले पनि दुई विकेट हात पारे । मार्कुस स्टोइनिसले पनि एक विकेट लिए ।

जवाफी ब्याटिङ गरेको अस्ट्रेलियाका लागि चौथो नम्बरका ब्याट्सम्यान ग्लेन म्याक्सवेलले ५९ रनको योगदान गरे । उनले ४१ बलमा तीन छक्का र ६ चौका पनि प्रहार गरे ।

अस्ट्रेलियाका अन्य ब्याट्सम्यान अफगानिस्तानका बलरसामु निरीह देखिए । कप्तान मिचेल मार्सले १२ र मार्कुस स्टोइनिसले ११ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

अफगानिस्तानका बलर गुलबदिन नाइबले चार विकेट लिए । उनले चार ओभरमा २० रन खर्चिए । नविन उल हकले पनि तीन विकेट हात पारे । उनले पनि चार ओभरमा २० रन खर्चिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित