Khabar Samachar

Search
Close this search box.

‘नेपाल आइडल’ सिजन ५ को उपाधि बर्दियाका करण परियारलाई

205
VIEWS

गायन रियालिटी शो ‘नेपाल आइडल’ सिजन ५ को उपाधि बर्दियाका करण परियारले जितेका छन्। शनिबार भएको ग्राण्ड फिनालेमा अन्य तीन प्रस्तिस्पार्धीलाई पछि पार्दै उनले उपाधि जितेका हुन।

उनले पुरस्कारस्वरूप उपाधि ट्रफी, नगद २५ लाख रूपैयाँसहित विभिन्न उपहार समेत जितेका छन।

ग्रान्ड फिनालेमा बर्दियाका करणले पोखराकी सलोमी गुरूङ, दार्जिलिङका सचिन विश्वकर्मा र मोहित भुजेललाई पछि पार्दै उपाधि जितेका हुन् ।

दर्शकको भोटका आधारमा विजेता घोषणा गरिएको हो। एपिवान टेलिभिजनको स्टुडिओमा भएको फिनालेलाई टेलीभिजनसँगै नेपाल आइडलको युटयुबमा लाइभ गरिएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित