Khabar Samachar

Search
Close this search box.

कप्तान रोहितसहित दीपेन्द्र र सन्दीपले ग्लोबल टी-२० लिग खेल्ने

206
VIEWS

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलसहित अलराउन्डर दीपेन्द्रसिंह ऐरी र लेग स्पिनर सन्दीप लामिछानेले क्यानेडियन लिग ग्लोबल टी-२० खेल्ने भएका छन्।

रोहितसहित दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले आगामी जुलाईमा हुने ग्लोबल टी-२० लिग खेल्ने पक्का भएको हो ।

सन्दीप र दीपेन्द्रले टीम भ्यानकुभर नाइट्समा आवद्ध भएका छन् भने रोहित टोरन्टो नेसनलमा आवद्ध हुन् ।

सन्दीप र दीपेन्द्र यसअघि नै ग्लोबल टी-२० लिग खेलिसकेका छन् । रोहित भने पहिलो पटक उक्त लिग खेल्न लागेका हुन् ।
सन्दीप लामिछाने ४० लाख र दीपेन्द्र सिंह ऐरी २४ लाखमा भ्यानकुभर नाइट्सले लिएका छन् भने रोहित पौडेललाई टोरन्टो नेशनलले १६ लाखमा ग्लोबल टी–२० लिगमा लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित