Khabar Samachar

मुख्यसचिव अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्ने अख्तियारको निर्णय

202
VIEWS

मुख्यसचिव बैकुण्ठ अर्यालसहित नेपाल सरकारका केही उच्च पदस्थहरूविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्णय गरेको छ।

अर्याल सञ्चार मन्त्रालयका सचिव छँदा भएको अन्तःशुल्क स्टिकर घोटाला प्रकरणमा उनलाई दोषी किटान गरी मुद्दा चलाउने निर्णय गरिएको हो। उक्त फाइल केहीबेरअघि विशेष अदालत पठाइएको अख्तियारका एक उच्च अधिकारीले जानकारी दिए।

यस प्रकरणमा अर्थ मन्त्रालयका सहसचिव रितेश शाक्यलाई पनि प्रतिवादी बनाइएको छ। उनी हाल मन्त्रालयको बजेट महाशाखा प्रमुख छन्। शाक्य आन्तरिक राजश्व विभागका महानिर्देशक हुँदा अन्तःशुल्क स्टिकर छपाइमा भ्रष्टाचार गरेको अख्तियारको अभियोगपत्रमा उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित