Khabar Samachar

निलम्बित मुख्यसचिव अर्याल राष्ट्रिय योजना आयोगमा सरुवा

204
VIEWS

मन्त्रिपरिषद बैठकले भ्रष्टाचार मुद्दा लागेपछि स्वत: निलम्बनमा परेका मुख्यसचिव वैकुण्ठ अर्याललाई राष्ट्रिय योजना आयोगमा सरूवा गर्ने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले अर्याललाई राष्ट्रिय योजना आयोगको सचिवमा सरूवा गर्ने निर्णय गरेको श्रम मन्त्री डिपी अर्यालले जानकारी दिए। योजना आयोगमा सचिव पद सिर्जना गरेर अर्याललाई उक्त पदमा सरूवा गर्ने निर्णय भएको हो।

मन्त्री अर्यालका अनुसार निमित्त मुख्यसचिवको जिम्मेवारी लिलादेवी गड्तौलालाई दिने मन्त्रिपरिषद बैठकले निर्णय गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा रहेका वरिष्ठ सचिवहरूमध्येबाट गड्तौलालाई निमित्त मुख्यसचिवको जिम्मेवारी दिइएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित