टी-२० विश्वकपको सुपर-८ मा बंगलादेशलाई पराजित गर्दै अफगानिस्तान सेमिफाइनलमा प्रवेश गरेको छ।
वेस्ट इन्डिजको किंग्सटाउनमा मंगलबार भएको खेलमा अफगानिस्तानले बंगलादेशलाई ८ रनले पराजित गरेको हो।
बंगलादेशलाई पराजित गरेसँगै अफगानिस्तान पहिलो पटक सेमिफाइनलमा प्रवेश गरेको छ।
टस जितेर अफगानिस्तानले पहिले ब्याटिङ रोजेको थियो। ब्याटिङ गर्दा अफगानिस्तानले ५ विकेटको क्षतिमा ११५ रन बनाएको थियो।
यता बंगलादेशले १७.५ ओभरमा अलआउट हुँदै १०५ रन मात्रै बनाउन सक्यो।






























Discussion about this post