प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार नेपाल–भारतको सुगौली सन्धि (१८१६) बमोजिम लिम्पियाधुरा, कालापानी र लिपुलेकलगायत काली (महाकाली) नदीको पूर्वका सबै भूभाग नेपालको हो भन्नेमा दृढ रहेको बताएका छन्।
‘नेपाल सरकार नेपाल-भारतको सुगौली सन्धि १८१६ बमोजिम लिम्पियाधुरा, कालापानी र लिपुलेकलगायत महाकाली पूर्वको सबै भूभाग नेपालको हो भन्ने कुरामा दृढ र स्पष्ट छ,’ प्रधानमन्त्री प्रचण्डले भने ।
आफूले भारत भ्रमणका क्रममा नेपाल-भारत सीमा समस्या समाधानको विषयमा भारतीय समकक्षीसँग विषय राखेको र सकारात्मक प्रतिक्रिया पाउँदै आएको बताए ।
नेपालको अन्तराष्ट्रिय सीमाबारे सम्मानित सदन, माननीय सदस्यहरु, नेपाल सरकार र हामी सबै नै स्पष्ट र दृढ छौं । यस विषयमा हाम्रो अभुतपूर्व राष्ट्रय सहमति कायम भएको छ,’ प्रधानमन्त्री प्रचण्डले भने । यसको उदाहरण २०७७ असार ४ गते संविधान संशोधनमार्फत नयाँ नक्सा समेटी नेपालको निसान छाप अद्यावधिक गरिनु रहेको उनले बताए ।
तर, नयाँ नक्सा अनुसारको भूभागमा नेपालको भोगाधिकार स्थापित हुन नसकेको भनेर प्रश्न उठ्दै आएको छ । जवाफमा प्रधानमन्त्री प्रचण्डले नेपाल-भारतका दुई पक्षीय संयक्र क्रियाशिल गराएर समस्या समाधानका लागि पहल गरिरहेको बताए ।
Discussion about this post