Khabar Samachar

Search
Close this search box.

सहकारीबाट गोर्खा मिडियामा रकम प्रवाह गर्ने सहकारीहरुको नाम माग

202
VIEWS

सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिले विभिन्न सहकारीमार्फत गोर्खा मिडियामा प्रवाह भएको रकमको विवरण झिकाउने निर्णय गरेको छ ।

बुधबार बसेको समितिको बैठकले अनुसूची २ मा रहेका ९ वटा सहकारीका कागजात सम्बन्धित निकायबाट माग्ने निर्णय गरेको समितिका सभापति सूर्यबहादुर थापाले जानकारी दिए ।

‘त्यसमध्ये ती सहकारीहरूको पछिल्लो लेखा परीक्षण, साधारण सभाको प्रतिवेदन विवरण, सञ्चालक समितिको विवरण,लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन विवरणहरू मगाउने निर्णय गरेका छौँ’, थापाले बैठकपछि भने,‘र विभिन्न सहकारीमार्फत गोरखा मिडिया नेटवर्कमा रकम प्रवाह भएको रकमको स्थिति पनि मगाउने निर्णय भएको छ ।’

साथै बैठकले गोरखा मिडिया नेटवर्क प्रालिमा विभिन्न सहकारीबाट प्रवाह भएको रकम सन्दर्भमा चासो केन्द्रित भएको सभापति थापाको भनाइ छ । उनले यसअघिका विभिन्न समितिहरूका प्रतिवेदनहरू प्राप्त भएको भन्दै ती प्रतिवेदनहरू समितिका सदस्यहरूलाई अध्ययनका निम्ति वितरण गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित