Skip to main content

Khabar Samachar

Search
Close this search box.

दक्षिण अफ्रिका टी–२० विश्वकपको फाइनलमा

202
VIEWS

दक्षिण अफ्रिका आइसिसी टी-२० विश्वकपको फाइनलमा पुगेको छ।

बिहीबार अफगानिस्तानमाथि सानदार जित निकाल्दै दक्षिण अफ्रिका पहिलो पटक विश्वकपको फाइनलमा पुगेको हो।

दक्षिण अफ्रिका अपराजित रहँदै फाइनल पुगेको हो।

सेमिफाइनल खेलमा अफगानिस्तानविरूद्ध जितका लागि पाएको ५७ रनको लक्ष्य पाएको दक्षिण अफ्रिकाले ८.५ ओभरमा १ विकेटमात्रै गुमाएर पार गर्‍यो।

त्यस क्रममा रेजा हेन्ड्रिक्सले २५ बलमा ३ चौका र १ छक्का प्रहार गरी २९ रन बनाउँदा २१ बल खेलेका एडिन मक्रमले ४ चौका हानेर २३ रन बनाएर नट आउट रहे।

त्यसअघि ओपनर क्वीन्टन डीकक ५ रन बनाएर आउट भएका थिए। उनलाई फजलहक फारूकीले बोल्ड गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित