Khabar Samachar

सदभावले अमेरिकामा जुनियर प्लेयर्स च्याम्पियनसिप खेल्ने

210
VIEWS
काठमाडौं, असार १३: नेपाल नम्बर एक एमेच्योर गल्फर सदभाव आचार्यले संयुक्त राज्य अमेरिकामा हुने जुनियर प्लेयर्स च्याम्पियनसिप २०२४ को लागि निमन्त्रणा पाएका छन।
अमेरिकन जुनियर गल्फ संघले सदभावलाई आगामी अगस्ट २९ देखि सेप्टेम्बर १ सम्म फ्लोरिडा स्थिति टिपीएस सग्रसको दि‌ प्लेयर्स स्टेडियम कोर्समा आयोजना हुने च्याम्पियनसीपमा प्रतिस्पर्धा गर्न‌ निम्तो प्रदान परेको नेपाल गल्फ संघले जानकारी गरायो। सदभाव आज जारी भएको वर्ल्ड एमेच्योर वरियतामा १८ स्थान माथि उक्लदै ४०५औं स्थानमा पुगेका छन्।
सन २०२४ को जुनियर प्रेसिडेन्टस कप इन्टरनेशनल टिमको दाबेदार मध्यको एक खेलाडी भएकोले अमेरिकन जुनियर गल्फ संघले सदभावलाई निमन्त्रणा पठाएको प्लेयर सर्भिस म्यानेजर सिडनी जोकिस्चले निमन्त्रणा पत्रमा उल्लेख ग्रेटा छन्। सदभावले भर्खरै सम्पन्न सूर्य नेपाल गल्फ टुर २०२३-२४ को सिजनमा दुई वटा उपाधि जित्दै टुरमा कुल उपाधि सङ्ख्या तीन पुर्याएका थिए। यो सिजन उनले ६ प्रतियोगितामा भाग लिए। जहाँ उनले दुई प्रमुख उपाधिसँगै एमेच्योरतर्फ ६ वटा उपाधि नै जिते।
सदभाव अर्को महिना विशेष प्रशिक्षणका लागि अमेरिका जानेछन। प्रशिक्षण लगतै उनी १२४औं संस्करणको युएस एमेच्योर च्याम्पियनसिपको अन्तिम चरणको क्वालिफाईङ प्रतियोगितामा सहभागिता हुनेछन। १८ वर्षिय सदभावले युनाईटेड स्टेट्स गल्फ संघबाट दोस्रो र फाइनल राउन्डको छनोट प्रतियोगिताको लागि विशेष सहुलियत पनि पाएका छन। उनले यो छनोट नर्थ क्यारोलिना वा क्यालिफोर्नियाबाट खेल्नेछन।
युएस एमेच्योर च्याम्पियनसिप अगस्ट १२ देखि १८ सम्म मिनेसोटाको चास्कास्थित हेजेल्टाइन नेसनल गल्फ क्लबको चास्का टाउन कोर्समा हुनेछ। सदभाव युएस एमेच्योर च्याम्पियनसिपको छनोट खेल्ने पहिलो नेपाली गल्फर बन्नेछन। यीनै युवा गल्फर सदभावले घरेलु टुरमा प्रो गल्फरहरूलाई माथ दिंदै उपाधि जितेका छन भने अन्तराष्ट्रिय प्रतियोगितामा नेपालको लागि पदक पनि जितिसकेका छन।
दुई पटक फाल्डो सिरिज एसिया फाइनलमा छनोट हुनुका साथै सदभावले गत वर्ष सुवास तामाङसँग मिलेर बङ्गलादेश ओपनमा टिम इभेन्टमा नेपाललाई स्वर्ण पदक दिलाएका थिए। उनी सूर्य नेपाल गल्फ टुरमा सबैभन्दा कम उमेरमा उपाधि जित्ने गल्फर पनि हुन। उनले तीनवटा प्रमुख उपाधि जितिसकेका छन। सदभावले गत वर्ष चीनमा सम्पन्न १९औँ एसियाली खेलकुदमा पनि देशको प्रतिनिधित्व गरिसकेका छन।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित